रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

५ अर्बमा गैरआवासीय नेपालीले किने टाइगर प्यालेस रिसोर्ट

अदालतले सार्वजनिक कुलो मिचेर निर्माण गरेका संरचना हटाउन फैसला गरे पनि यसको बेवास्ता गर्दै रुपन्देही तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट अन्ततः बिक्री भएको छ ।

जिल्लामा पहिलो बैदेशिक लगानीमा निर्माण भएको स्तरीय रिसोर्टका केही संरचना राजकुलो मिचेर निर्माण गरिएको भन्दै अदालतमा मुद्दा परेपछि लामो समयदेखि यसका लगानीकर्ता दबाबमा परेका थिए ।

गैरआवासीय नेपालीहरुको कम्पनी नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी) ले भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेको छ।

कम्पनीले पाँच अर्ब रुपैयाँमा यो होटेल किनेको हो। एलएलसी कम्पनीको अध्यक्षमा बुद्धिसागर सुवेदी छन्। उनी गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। सुवेदीले होटल किनेको पुष्टि गर्दै दुई साता अघिदेखि व्यवस्थापन सम्हालेको जानकारी दिए।

‘झण्डै ६ महिनादेखि हामी होटल किन्ने छलफलमा थियौं। केही पहिला मात्रै डिल सम्भव भएको हो,’ उनले भने, ‘हामीले व्यवस्थापन लिएर होटल चलाउन सुरु गरिसकेका छौं।’ खरिद गरेको रकम भने उनले प्रष्ट खुलाएनन्।

‘हामीले ऋण सकार्नेदेखि बक्यौता लगायत गर्दा ५ देखि ६ अर्बको हाराहारीमा हुनसक्छ,’ सुवेदीले भने।

नेपालमा मुद्दा भएकोले होटल किनबेच भने देशबाहिर (अफसोर कारोबार) भएको हो। होटलमा प्राइम कमर्सियल बैंकको नेतृत्वमा तीन वटा बैंकले लगानी गरेका छन्। बैंक स्रोतका अनुसार सिल्भर हेरिटेजले गैरआवासीय नेपाली अमेरिकाको कम्पनीले होटल खरिद गरेको जानकारी गराइसकेको छ।

बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको आफ्नो स्वामित्वको होटल एलएलसीले किनेको हो। यो कम्पनीमा एनआरएनहरुको स्वामित्व छ। कम्पनीमा क्यानडा, अमेरिका र युरोपियन देशहरुमा सक्रिय एनआरएनहरुको लगानी छ।

अध्यक्ष सुवेदीका अनुसार होटलको सबै दायित्व बेहोर्ने गरी होटल किनेको जानकारी दिए। सहमति अनुसार क्यासिनोको रोयल्टी क्रेता कम्पनीले नै तिर्नेछ। क्यासिनोको रोयल्टी झण्डै १४ करोड रुपैयाँ छ।

सिल्भर हेरिटेजको कम्बोडिया, अष्ट्रेलिया र हङकङमा पनि लगानी छ। होटल खरिदपछि कुनै विवाद नआओस् भनेर कम्पनीले कम्बोडिया, अष्ट्रेलिया र हङकङमा वकिल राखेर राय लिएको थियो। सुवेदीले होटल खरिदमा कुनै पनि कानुनी उल्झन नआओस् भनेर सबै उपाय अवलम्बन गरिएको दाबी गरे।

यो होटल किन्न देशभित्रकै व्यापारिक घराना र विदेशमा रहेका नेपाली दौडमा थिए। तर कानुनी उल्झन र केही समूहको होटल सस्तो मूल्य बनाएर हत्याउने योजनाले खरिद प्रक्रिया जटिल बनेको थियो।

स्रोतका अनुसार एलएलसीले होटल खरिद गर्न नदिने समूहलाई नै साथ लिएको छ। ‘उहाँहरुको साथविना यो डिल सम्भव छैन,’ एक लगानीकर्ताले भने, ‘यो डिल भत्किंदैन। मुद्दा मामिला सकेर होटल पनि स्मुथ्ली अगाडि बढ्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित