तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

इनरव्हिलको एक सताब्दिमा ईनरव्हिल बुटवलद्वारा १०० वृक्षारोपण

बुटवल । ईनरव्हिल क्लब स्थापना भएको १ सय वर्ष अर्थात् १  शताब्दी पुगेको अवसरमा ईरनव्हिल क्लब अफ बुटवलले वृक्षारोपण गरेको छ।
ईनरव्हिल क्लब स्थापना भएको अवसरमा ईनरव्हिल क्लब अफ बुटवलले  तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको शंकनगर सामुदायिक बनमा एक सय वटा टिक जातको बिरुवा रोपिएको क्लबका सचिव सोनाली गुरुङले जानकारी दिइन।
क्लब अध्यक्ष सानु श्रेष्ठले पदभार ग्रहण गर्दाको दिनमा यो कार्यक्रम गर्ने घोषणा गरेअनुरूप यो कार्यक्रम गरिएको बताइन। उनले क्लबले सामाजिक उत्तरदायित्वका कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन।
इनरव्हिल क्लब अफ बुटवलका पूर्व अध्यक्ष लक्ष्मी बस्यालले ईनरव्हिलको इतिहासको बारेमा बताउँदै १ सय दिनमा १ सय भन्दा बढी बिरुवा रोपिनु सकारात्मक कुरा भएको बताइन।
शंकनगर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष अध्यक्ष रवीन्द्र बस्नेतले वृक्षारोपण निकै राम्रो कुरा भएपनी बिरुवाको संरक्षण उत्तिकै चुनौतीपूर्ण रहेको बताए। उनले समय समयमा आफ्नो क्लबले लगाएका बिरुवा हुर्काउन ध्यान दिन आग्रह गरे।
शंकनगर सामुदायिक बन उपभोक्ता समूह उपाध्यक्ष कमला ज्ञवाली,सदस्य कृष्ण केसी, लगायतले बोलेका थिए।
क्लब अध्यक्ष सानु श्रेष्ठको अध्यक्षता, सचिव सोनाली गुर्को सञ्चालन तथा गंगा श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो।कार्यक्रम उपभोक्ता समितिका पदाधिकारी सदस्य, क्लबका सदस्यहरू तथा सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित