तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आँखा पाक्ने रोग के हाे ? यसबाट कसरी बच्ने ?

आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजंक्टिभा भनिन्छ।

यसले गर्दा ती भागहरू सुन्निने र पाक्ने हुन्छ। सामान्यतया आँखा को सेतो भागलाई छोपेको उक्त पारदर्शी झिल्ली सुन्निदा रातो अथवा गुलाबी रंगमा बदलिन्छ।

यो रोग एउटा मात्रै वा दुइवटै आँखामा हुन्छ। नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा, यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो।

यसको कारणहरुः

भाइरसद्धारा हुने आँखा पकुवा– यो एडेनोभाइरसको संक्रमणले हुन्छ। प्रकृतिको हुन्छ। यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ। आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ।

समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ। यो गनोरिया रोग लागेका विरामीको जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो।

क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तु बाट पनि आँखा पाक्ने रोग हुन सक्छ।

यसको लक्षणहरुः

१.आँखा रातो तथा गुलाबी देखिनु

२.चिलाउनु र पानी बग्नु

३. आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु

४.आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु

५.प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु

जोखिमयुक्त अवस्थाः

१.तिब्र आँखा दुखाई

२.दृष्टिमा कमी

३.उज्यालोमा हेर्न कठिनाई

४. चश्मा लगाउने मानिसमा आँखाको समस्या

५. नवजात शिशुका आँखा पाकेमा

यसको उपचारः

विरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्नसक्छन्। कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञसँगै परामर्श लिनुपर्ने हुन्छ।

ब्याक्टेरियल आँखा पकुवा सामान्य छ भने आँफै ठीक हुन्छ। असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नुपर्छ।

भाइरल आँखा पकुवा र आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखामा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ्।

एलर्जीका कारण हुने आँखा पकुवा एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरुबाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ।

रोकथामः १.भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने

२.हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने

३.आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने

४.एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधिको प्रयोग गर्ने र हात राम्ररी धुने

५.यदि स्वास्थ्यसँग तथा बालबच्चासँग सम्बन्धित काम गर्नुपर्ने छ भने काममा जानकाे लागि चिकित्सकसँग परामर्श गर्ने

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित