‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए ।

वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको उनकाे भनाइ छ ।

बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए। भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उनकाे भनाइ छ ।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित