हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा नि:शुल्क

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे ।

सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताए ।

उनले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।

बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उनले बताए। सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा निशुल्क सेवा दिने गरी तयारी भइरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित