निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो।
प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतले मनोरञ्जन दिलाएका थिए।सपुतले कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाइ स्वदेशमा बसेर काम गर्न आग्रह गर्दै करिब १ घण्टा बढी मनोरञ्जन दिलाएका थिए।
कार्यक्रममा बोल्दै प्राज्ञ बुँद रानाले पछिल्लो समयको शिक्षालाई ब्यवहारिक बनाउँदै स्वदेशमै रहने उच्च तहका जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले शिक्षा ऐनले ल्याएका नयाँ कुराको बारेमा जानकारी गराउँदै कार्यान्वयन हुँदाका फाइदा बेफाइदाको बारेमा बोलेका थिए।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, परीक्षा बोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, निर्मल प्रसाद लाकौल, रामेश्वर श्रेष्ठ लोकनाथ उपाध्याय, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य , इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, डा. नारायण प्रसाद पन्थ, प्रदीप अर्याल, डा० तारानाथ भट्टराई लगायतले बोलेका थिए।

कार्यक्रममा लामो समय सम्म अध्यापन गराउने प्राध्यापक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजबाट विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान समेत गरिएको शिक्षा कृष्ण पाण्डेले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित