तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो।
प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतले मनोरञ्जन दिलाएका थिए।सपुतले कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाइ स्वदेशमा बसेर काम गर्न आग्रह गर्दै करिब १ घण्टा बढी मनोरञ्जन दिलाएका थिए।
कार्यक्रममा बोल्दै प्राज्ञ बुँद रानाले पछिल्लो समयको शिक्षालाई ब्यवहारिक बनाउँदै स्वदेशमै रहने उच्च तहका जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले शिक्षा ऐनले ल्याएका नयाँ कुराको बारेमा जानकारी गराउँदै कार्यान्वयन हुँदाका फाइदा बेफाइदाको बारेमा बोलेका थिए।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, परीक्षा बोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, निर्मल प्रसाद लाकौल, रामेश्वर श्रेष्ठ लोकनाथ उपाध्याय, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य , इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, डा. नारायण प्रसाद पन्थ, प्रदीप अर्याल, डा० तारानाथ भट्टराई लगायतले बोलेका थिए।

कार्यक्रममा लामो समय सम्म अध्यापन गराउने प्राध्यापक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजबाट विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान समेत गरिएको शिक्षा कृष्ण पाण्डेले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित