तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही क्षेत्र नं. २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै जनताको घरदैलोमा

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ भोट माग्दै जनताको घरदैलोमा पुगेका छन् ।

आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार रहेका श्रेष्ठलाई जनताले आशिर्वाद दिदै भन्छन् -“हामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो ।”

शुक्रबार बुटवल ३ चिडियाखोला, गोलपार्क, ज्योतिनगर क्षेत्रमा घरदैलोमा पुगेका श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगर प्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले श्रेष्ठलाई अपिल गरे ।

घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए ।

नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् ।

यसैबीच चुनाव परिचालन कमिटी बुटवल ३ गोलपार्कको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् ।

“गठबन्धनको सरकारको कारण मूल्य बृद्धि भएको, राष्ट्रहित बिरुद्ध गतिविधि बढेको, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाएर धनी पोस्ने गरिबलाई सेक्ने काम भयो, जनतालाई भ्रममा राखेर देश बर्वादी बनाउने छुट कसैलाई छैन् ।” श्रेष्ठले भने ।

अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

सो भेलालाई सम्बोधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले आगामी चुनाब राष्ट्रियता पक्षधर र राष्ट्रियता बिरोधिको बिच भएको बताएका छन् । “अहिलेको गठबन्धन जुन गतिविधि गरिरहेको छ त्यो देश बिरोधि छ।” – उदयले भने ।

हाम्रो लागि पहिलो प्राथमिकता देश हो, जनता हुन, राष्ट्रियता हो सो मुद्दामा एक हुनेहरू संगै चुनावी अभियानमा जुटेको उदयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित