युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

कान्ति माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुटवल ४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ।

कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र १० को समूह बनाइ तहगत रुपमा प्रतियोगिता सञ्चालन गरेको अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले बताए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली , साहायक प्रधानाध्यापक पूर्ण भद्र उपाध्याय, केदारनाथ ज्ञवाली , तहगत सयोजक डिल्लि प्रसाद वेलवासे , विदूर पौडेल , घनश्याम यादव , राजन अर्याल , नारायण सुवेदी , लिलाधर पाण्डे को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रावि तहको कार्यक्रम को संयोजन लिलाधर पाण्डे, कक्षा ६ र ७ को संयोजन सूर्य पौडेल र ८ ९ र १० को संयोजन मित्रलाल पोख्रेलले संयोजन गरेका थिए ।

प्रतियोगितामा प्रावि तहमा स्वस्तिका प्रधान, माधव पाण्डे र आर्यन अर्याल को समूह प्रथम, सोनाली शर्मा, आयूष गुप्ता र रोहन कानू को समूह दोस्रो र कविता कुंवर, अंश बलाल र कुशल जिसीको समूह तेस्रो भए भने कक्षा ६ र ७ को समूहमा भैरवस्थान सदन प्रथम , रेसुङ्गा सदन दोस्रो र सुपादेउराली सदन तेस्रो स्थान प्राप्त गरे र कक्षा ८, ९ र १० को समूह अर्न्तगत सुपादेउराली सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र स्वर्गद्वारी सदन तेस्रो भए ।

विद्यालय ले विद्यार्थी विभिन्न लुकेका प्रतिभाको उजागर गर्न प्रत्येक शुक्रबार कार्यक्रम आयोजना गर्ने गर्छ । विद्यालयमा हाल पाच हजार सात सय विद्यार्थी अध्यापनरत छन ‘

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित