३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

होराइजन ‘जिविएस’मा अभिमुखीकरण कार्यक्रम गरिँदै

बुटवल । तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा रहेको होराइजन जविएस ले शैक्षिक सत्र २०८०÷८१ लागि भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण गर्ने भएको छ ।
कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा हुने विद्यालयले जनाएको छ ।
विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्यायन हुने होराइजन जिविएसमा १ हजार ५०० जना विद्यार्थीहरू अध्ययन गर्ने गरेकोे र उत्कृष्ट नतिजासँगै राष्ट्रमै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पहिचान बनाएको छ।
प्रवेश परीक्षा बाट उत्तिर्ण भएको विद्यार्थीहरुलाई र अभिभावकहरुको सहभागितामा विद्यालयले ८ र ९ गते दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
विगतदेखि नै नेपाल प्रथमसहित अब्बल बनेको होराइजन अत्याधुनिक ल्याब र विद्यार्थीको लागि एस सहितको कक्षाकोठा निर्माण गर्नुका साथै विद्यार्थीहरूलाई शान्त तथा बुटलकै चर्चित प्राध्यापकहरूबाट अध्यापन गराउदै आएको प्राचार्य गोपाल प्रसाद आचार्यले बताए। स्थापना कालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको होराइजनले अहिले पनि विभिन्न सङ्कायमा उत्कृष्ट रिजल्ट ल्याउने गरेको छ। विद्यार्थीहरूलाई पढाइ सँगसँगै खेलकुद प्रतियोगितामा पनि उत्तिकै जोड दिइने होराइजनमा खेलका विभिन्न विधामा राष्ट्रिय टिमसमेत तयार पारी प्रतिष्पर्धा गराई धेरै पटक विजेता बनेको सहायक प्राचार्य इन्द्र भुसालले जानकारी दिए ।
राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाएको होराइजनमा अहिले पनि १० औं हजार विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहभागी बनाउदै आएको हुँदा आफूहरूले सङ्ख्यात्मक भन्दा गुणस्तरीय शिक्षामा जोड दिएको प्राध्यापक डा. नारायणप्रसाद पन्थले बताए ।
गुणस्तरीय शिक्षाका निम्ति होराइजन गौतम बुद्ध उत्कृष्ट शैक्षिक गन्तव्य भएको र अभिमुखीकरण कार्यक्रममा अभिभावकहरुलाई पनि सहभागी गराइने प्राध्यापक प्रदीप अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित