दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी प्रदेशमा ६८ प्रतिशत मात्रै धान रोपाइ

बुटवल । लुम्बिनी प्रदेशमा हाल सम्म ६८ प्रतिशत मात्रै धान रोपाइं सकिएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६८ दशमलव ३ प्रतिशत मात्रै रोपाइं सकिएको जानकारी दिए ।

समयमै पानी नपरेपछि प्रदेशका अधिकांश भूभागका किसानले ढिलोगरी रोपाइं शुरु गरेको उनको भनाई छ ।

नवलपरासी पश्चिममो १४ हजार ३५० हेक्टरमा रोपाइं भएको छ । रुपन्देहीमो ४७ हजार ६२३ हेक्टर, कपिलवस्तुमा, ४५ हजार ५४६ हेक्टर, पाल्पामो ६ हजार ५६८ हेक्टर, गुल्मीमा ५ हजार २०९ हेक्टर धान रोपाई भएको छ ।

यसैगरी अर्घाखांचीमो ५ हजार ६३५ हेक्टर, दाङमा ११ हजार २२९ हेक्टर, प्यूठानमा ६ हजार ३२९ हेक्टर, रोल्पामा धान रोपाइं हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४५२ हेक्टर अर्थात ९६ प्रतिशत रोपाइं सकिएको छ ।

बांकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८५० हेक्टर अर्थात ४५ प्रतिशत रोपाइं सकिएको छ । बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टर अर्थात ७४ प्रतिशत रोपाइं सकिएको निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए ।

सबैभन्दा कम धानखेती हुने रुकुम पूर्वमा ९० प्रतिशत रोपाइं सकिएको छ । धान रोपाइं हुने एक हजार ४ सय १९ हेक्टरमध्ये एक हजार २७७ हेक्टर क्षेत्रफलमा रोपाइं सकिएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित