थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

तिलोत्तमामा छिट्टै मेडिकल कलेज र खेल पुर्वधार बन्छ– एमाले नेता पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधी सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पुर्वधार निर्माण छिट्टै सुरु हुने बताएका छन् ।

तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए ।

पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने बताए ।

मेडिकल कलेज निर्माण संगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उनको भनाई छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।

पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनलाई कार्यान्वयन गराउन एमाले उपाध्यक्ष विष्णु पौडेलले लविङ गरेका थिए ।

 

त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो ।

अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउंदै नेता पौडेलले मेडिकल कलेज स्थापना पछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए ।

तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय विगाह जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजना अनुसार १ हजार बेडको अस्पताल बन्नेछ ।

 

सुरुमा ३ सय बेडको हुने र क्रमश १ हजार बेडको अस्पताल बन्नेछ ।

बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गरेका थिए ।

 

रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरी सहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पुर्वधार निर्माण गर्न आग्रह गरेका थिए ।

सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानाकारी आफुलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए ।

साथै उनले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने बताए ।

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीले शान्ती र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताए ।

केन्द्रमा र प्रदेशमा एमालेको सरकार निर्माण गरी जनता र राष्ट्रको पक्षमा सकारात्मक कार्य एमालेले गर्ने बताए । साथै उनले तिलोत्तमालाई पर्यटकिय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित