युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

चार महिनामा अर्घाखाँची सिमेन्टले गर्‍यो ३८ करोडको सिमेन्ट निर्यात

बुटवल । गत चैत बाट भारतमा व्यवसायिक रुपमा सिमेन्ट निर्यात थालेको अर्घाखाँची सिमेन्टले असार सम्म ३८ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निकासी गरेको छ ।

रुपन्देहीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले निर्यातको सुरुवात गत कार्तिक बाटै गरेपनि व्यवसायिक निर्यात भने चैतबाट भएको र ४ महिनामा ३८ करोडको सिमेन्ट निर्यात गरेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

अर्घाखाँचीले यसबीच ५ लाख २५ हजार बोरा सिमेन्ट, २६ हजार टन क्लिङ्कर निकासी गरेको छ। गत आर्थिक वर्षमा अर्घाखाँचीका उत्पादन बिहारको पटना तथा उत्तर प्रदेशका गोरखपुर, महाराजगन्ज, लखऊ, कानपुर, बनारसलगायत सहर पुगेको हो।

अग्रवालका अनुसार गत वर्ष अर्घाखाँची सिमेन्ट ४ सय मिटरको रेडियसमा पुगेको हो। चालू वर्ष अन्य सहर पुग्ने लक्ष्य छ। सुरुवाती वर्ष भएकाले प्रयासस्वरूप ३८ करोडको निकासी गरियो। चालू वर्ष २ अर्बहाराहारीको सिमेन्ट निकासी गर्ने लक्ष्य छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित