तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गार्गी एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान (तस्वीरहरु)

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ ।

२०७९ सालको एसईई परीक्षामा गार्गी एकेडेमीबाट ५७ जना विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीहरुमध्ये ३.६० जीपीएभन्दामा माथि ५ जना, ३.२० भन्दा माथि १४ जना, २.८० भन्दा माथि २६ जना र २.४० जीपीए भन्दा माथि ल्याएर उत्तीर्ण हुने विद्यार्थी १२ जना भएको विद्यालयले जनाएको छ । उच्च जीपीए सन्ध्या बस्यालले ३.८० ल्याएकी छिन् ।


आइतबार आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष रणबहादुर थापा, प्राचार्य भुवन अधिकारीको टिमले विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेका थिए । सोही अवसरमा विद्यालयका विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यालय अभिभावकको प्रमुख रोजाइँको स्कूल बनाउने गरी आफू जुटेको बताए ।

प्राचार्य अधिकारीले उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक यात्रा उल्लासमय होस भन्दै शुभकामना व्यक्त गरे । विद्यालयका अध्यक्ष रणबहादुर थापाले विद्यार्थीहरु श्रमसँग जोडिनुपर्नेमा जोडमा दिए ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालकहरू जीवन अधिकारी, लोकराज शर्मा, राजेन्द्र शर्मा पाण्डे लगायतले बोलेका थिए ।

विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका १ हजार ९७४ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित