कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

गार्गी एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान (तस्वीरहरु)

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ ।

२०७९ सालको एसईई परीक्षामा गार्गी एकेडेमीबाट ५७ जना विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीहरुमध्ये ३.६० जीपीएभन्दामा माथि ५ जना, ३.२० भन्दा माथि १४ जना, २.८० भन्दा माथि २६ जना र २.४० जीपीए भन्दा माथि ल्याएर उत्तीर्ण हुने विद्यार्थी १२ जना भएको विद्यालयले जनाएको छ । उच्च जीपीए सन्ध्या बस्यालले ३.८० ल्याएकी छिन् ।


आइतबार आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष रणबहादुर थापा, प्राचार्य भुवन अधिकारीको टिमले विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेका थिए । सोही अवसरमा विद्यालयका विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यालय अभिभावकको प्रमुख रोजाइँको स्कूल बनाउने गरी आफू जुटेको बताए ।

प्राचार्य अधिकारीले उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक यात्रा उल्लासमय होस भन्दै शुभकामना व्यक्त गरे । विद्यालयका अध्यक्ष रणबहादुर थापाले विद्यार्थीहरु श्रमसँग जोडिनुपर्नेमा जोडमा दिए ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालकहरू जीवन अधिकारी, लोकराज शर्मा, राजेन्द्र शर्मा पाण्डे लगायतले बोलेका थिए ।

विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका १ हजार ९७४ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित