मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पामिरले गर्यो एसईईमा सफल विद्यार्थील र अभिभावकलाई सम्मान

बुटवल । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापालगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पामिरले सम्मान गरेको हो ।

विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले हरेक वर्ष ल्याएको नतीजा हासिल गर्दै आएको बताए । पामिरले शिक्षण सिकाईसँगसँगै व्यावहारिक सिकाईलाई पनि जोड दिंदै आएको उनले बताए । उनले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए फोर मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिए ।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु वसन्त जोशी, संगीता गौतम, विद्यालयका परीक्षा संयोजक नविन शाक्यलगायतले पनि बोल्नुभएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित