भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सिद्धबाबा धाममा हुने गरेको अनियमितता छताछुल्ल

बुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो ।

पाल्पाको तिनाउ गाउंपालिका वडा नं. ३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर दर्शन तथा पूजापाठको लागि देशभर चर्चित छ भने बुटवल ३ स्थित तल्लो सिद्धबाबाको नामले परिचित धाम विकास समिति विवाह, व्रतवन्ध तथा विभिन्न धार्मिक कार्यहरुका लागि चर्चित छ ।

मन्दिर र धाम विकास समितिमा व्यवस्थापन समिति समेत छुट्टाछ्ुट्टै गठन गरि काम गर्दै आएका छन् ।

तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरु गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ ।
तर दाताहरुबाट संकिलत सोहि रकम समेत अनियमितता गरिएका कृते रसिदहरु सार्वजनिक भएका छन् ।

समितिले दाताहरुलाई दिएका पहिलो रसिद र त्यसैको छायां प्रतिमा फरक फरक रकम लेखिएको भेटिएपछि धामविकास समितिमा हुने गरेको अनियमितता छताछुल्ल भएको छ ।

सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रुपैयां लिएको उल्लेख गरिएको छ भने तीनै रसिदका छायाँ प्रतिमा भने ५ सय ५ रुपैयां लेखिएको छ ।

२०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले धामविकास समितीलाई रसिद काटेरै १ हजार १ सय ५ रुपैयां बुझाएपनि सोहि रसिदको छायां प्रतिमा भने ५ सय ५ रुपैया मात्रै लेखिएको छ ।

गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्का र मंसिर २८ गते बुटवल ११ की गंगा रायमाझीले पनि रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयां प्रदान गरेका थिए । तर गंगा र तिला कुमारीलाई दिईएका रसिदका छायां प्रतिमा पनि ५ सय ५ रुपैयां मात्र उल्लेख गरिएको छ । पछिल्लो समय समितिमा विवाद उत्पन्न भएपछि नेतृत्व चयन हुन सकेको छैन ।

गत मंसिरमा नेतृत्व चयन हुनुपर्ने भएपनि अधिवेशनमा सहमती नजुटेपछि काम चलाउ अध्यक्षको जिम्मेवारी कृष्ण प्रसाद तिमिल्सेनाले नै सम्हाल्दै आएका छन् ।

यहि बीचमा नगदी रसिदहरु सार्वजनिक गरेर आफुलाई फसाउन र बदनाम गराउन पुरानो घटना बाहिर ल्याईएको उनको दावी छ । तिमिल्सेनाका अनुसार दाताबाट रकम लिएर काटिएका रसिदमै कृते गरिएको पाईएपछि समितिले १ महिना अघि नै धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित