तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा सेतो छडी प्रदान

बुटवल।  रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन रहेका शितगंगा २ सितापुरका तारापती क्षेत्री मार्फत सेतो छडि प्रदान गरिएको क्लबले जनाएको छ।

जन्मिदै दृष्टिविहिन रहेका क्षेत्री सितापुरस्थित शान्ति आधारभूत विद्यालयका शिक्षक समेत हुन्।

सो अवसरमा बोल्दै शिक्षक क्षेत्रीले दृष्टिविहिनहरुका लागि सेतो छडी सहायक सामाग्री मात्र नभई यात्राको सहयोगी समेत रहेको बताए।

आफु जन्मिदै दृष्टिविहिन भएपनि सेतो छडीकै सहायताले विद्यालय गएको र अहिले शिक्षक बन्न सक्ने भएकोले सेतो छडि आफुहरुको लागि सामान्य नरहेको बताए।

तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा दृष्टिविहिनहरुलाई यात्रामा धेरै समस्या हुने गरेपनि सरकारले सेतो छडि समेत प्रयाप्त उपलब्ध गराउन नसक्नु निकै दुखदायी भएको उनले गुनासो गरे। क्लबका अध्यक्ष अमृता भुसालले द्वितिय उपाध्यक्ष सावित्रा घिमिरेको विशेष पहल र सक्रियतामा सेतो छडी प्रदान गरिएको बताईन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित