निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ ।

गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्ष मै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज,अपशब्द,अभद्र व्यवहार,भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले दोषी माथि कारबाहीको माग गरेको छ ।

कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको सेवामा खटिई ईमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भ्रत्सना गरिएको बताए ।

निजामति कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी यूनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गरे ।

समस्या समाधाका लागि नितिगत एवं प्रणालिगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरि कार्यसम्पादन गरिरहेका कर्मचारीहरु माथि लेखा प्रणाली (सप्टवेर सिस्टम) को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरि कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानूनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले जोडदार माग समेत राखेको अध्यक्ष अर्यालले बताए ।

साथै सम्पुर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरुले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकार समक्ष समेत कर्मचारी यूनियनले जोडदार माग राखेको कर्मचारी यूनियनका जिल्ला कार्यसमिति पाल्पाले अपिल गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित