कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

कांग्रेस लुम्बिनीको घोषणापत्र : रेल चलाउनेदेखि सुरुङमार्ग खन्ने सम्मका याेजना

रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार बुटवलमा कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो । प्रदेशका मुख्य शहरमा रेल चलाउने र सुरुङमार्ग खन्ने महत्वकांक्षी योजनासहित घोषणा पत्र सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याउने र रोलमोडलका रुपमा विकास गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पर्वद्धन गर्ने मुख्य लक्ष्य छ । लुम्बिनीलाई प्रदेशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्ने र आसपासका अस्पतालहरुलाई बर्थिङ सेन्टरका रुपमा विकास गरी बौद्धमुलुकबाट प्रसुती गर्न आउनेलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा प्रदेशलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने भनिएको छ । शैक्षिक केन्द्रका रुपमा विकास भएका बुटवल, दाड. र नेपालगन्जमा शैक्षिक पूर्वाधार र गुणस्तर विकास गर्ने उल्लेख छ । प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा छ ।

यस्तै, कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धानसित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै, युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविश्कार केन्द्र स्थापना गर्ने भनिएको छ । एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवाहरुसंग जोड्ने उल्लेख छ ।

घोषणापत्रमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने भनिएको छ । अत्याबश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिसका विरामीलाई निःशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा संचालन गर्ने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति अमरसिंह पुनले संघलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिँदै घोषणापत्र तयार गरिएको बताए । निर्वाचनमा गठबन्धन बनेर गएपनि जितेपछि कांग्रेसले गर्ने काम घोषणापत्रमा आधारित हुने उनले जनाए ।

पूर्वाधारतर्फ प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल भैरहवा, दाङको तुलसीपुर घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने उल्लेख छ । सिद्धबाबा माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने योजना छ । यस्तै, कृषि र ऊर्जाका लागि नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय अयोजना अगाडि बढाइने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित