भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताए ।

माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए।

‘विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उनले छलफलका क्रममा भने-विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।’

विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे ।

नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न उनले आग्रह गरे ।
विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न उनकाे आग्रह थियाे ।

बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।

साथै उनले बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समेत बताए ।

‘खेलाडी उत्पादनका लागि जगबाटै लगानी गर्नुपर्छ भन्ने उदेश्यले यसपटक हामीले नगरभित्रका विद्यालयहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं-उनले भने-यसले विद्यालयस्तरमा खेलाडी उत्पादनमा मदत पुग्नेछ ।’

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित