तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष्ँ गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

एसइईमा सहभागी २५ जना मध्ये २ जना एप्लस ७ जना ए ,६ जना बिप्लस, ४ जना बि र ६ जनाले सिप्लस ल्याएका थिए ।

सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारिरिक शिक्षा लगाएतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

सो अवसरमा उत्कृष्ठ ४ जना शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राखेका थिए ।

सो अवसरमा स्कुलका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हु“दा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताउनुभयो । स्कुलका कोर्डिनेटर मित्रजन भण्डारीको संचालन तथा कोर्डिनेटर माया पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा एसइई २०७९ का उत्तिर्ण विद्यार्थी सजना थापाले आफ्नाे धारणा राखेकी थिइन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित