तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

 लेथ सेटर अपरेटर तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे) लेथ सेटर अपरेटर तालिमको  सोमवार एक समारोहका वीच समापन गरिएको छ ।
बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिमार्जुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष एवं समापन समारोहका प्रमुख अतिथि  माधब प्रसाद पौडेलले लेथ सेटर अपरेटर तालिमका प्रशिक्षार्थीहरुलाई सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतार्न र सोको अधिकतम उपयोग गर्दै उद्योगको उत्पादकत्वमा टेवा पु¥याउन आग्रह गरे । उनले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई औद्योगिक उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले लेथ सेटर अपरेटर तालिमको आयोजना गरेको बताए ।
उनले आगामी दिनहरुमा समेत थुप्रै खालका दक्ष औद्योगिक जनशक्ति तयार गर्न आवश्यकता बमोजिमका शिपमूलक तालिमहरु संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुका लागि २४ दिनको ९६ घण्टे लेथ सेटर अपरेटर तालिमको समापनको अवसरमा बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी भएको बताउँदै प्रविधिको विकाससँगसँगै नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा इन्स्योर परियोजना लुम्बिनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउने बताए ।
सो तालिमका प्रमुख प्रशिक्षक डोर बहादुर भण्डारीले तालिमलाई प्रभावकारी र सिकाइ योग्य बनाउनका लागि रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाबाट प्राप्त पृष्ठ पोषणले झन उत्साहित बनाएको बताए ।
तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य बिटी.आई.का चन्द्र बहादुर क्षेत्रीले गरेका थिए । समापन समारोहमा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र बि.टि.आई.का प्रशिक्षकहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन बिटी.आई.का तालिम संयोजक मनोज भटट्राईले गरेका थिए ।
उक्त तालिममा विभिन्न उद्योगमा कार्यरत २ जना महिला र १८ जना पुरुष गरी जम्मा २० जनाले सफलतापूर्वक तालिम प्राप्त गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित