३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

 लेथ सेटर अपरेटर तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे) लेथ सेटर अपरेटर तालिमको  सोमवार एक समारोहका वीच समापन गरिएको छ ।
बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिमार्जुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष एवं समापन समारोहका प्रमुख अतिथि  माधब प्रसाद पौडेलले लेथ सेटर अपरेटर तालिमका प्रशिक्षार्थीहरुलाई सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतार्न र सोको अधिकतम उपयोग गर्दै उद्योगको उत्पादकत्वमा टेवा पु¥याउन आग्रह गरे । उनले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई औद्योगिक उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले लेथ सेटर अपरेटर तालिमको आयोजना गरेको बताए ।
उनले आगामी दिनहरुमा समेत थुप्रै खालका दक्ष औद्योगिक जनशक्ति तयार गर्न आवश्यकता बमोजिमका शिपमूलक तालिमहरु संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुका लागि २४ दिनको ९६ घण्टे लेथ सेटर अपरेटर तालिमको समापनको अवसरमा बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी भएको बताउँदै प्रविधिको विकाससँगसँगै नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा इन्स्योर परियोजना लुम्बिनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउने बताए ।
सो तालिमका प्रमुख प्रशिक्षक डोर बहादुर भण्डारीले तालिमलाई प्रभावकारी र सिकाइ योग्य बनाउनका लागि रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाबाट प्राप्त पृष्ठ पोषणले झन उत्साहित बनाएको बताए ।
तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य बिटी.आई.का चन्द्र बहादुर क्षेत्रीले गरेका थिए । समापन समारोहमा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र बि.टि.आई.का प्रशिक्षकहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन बिटी.आई.का तालिम संयोजक मनोज भटट्राईले गरेका थिए ।
उक्त तालिममा विभिन्न उद्योगमा कार्यरत २ जना महिला र १८ जना पुरुष गरी जम्मा २० जनाले सफलतापूर्वक तालिम प्राप्त गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित