लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

विद्यार्थीलाई निश्चित ठाउँबाट मात्र पोशाक खरिद नगराउनु – तिलोत्तमा

बुटवल । विद्यार्थी र अभिभावकलाई कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न विद्यालयले बाध्य गरेको प्रति तिलोत्तमा नगरपालिकाले ध्यानआर्कषित भएको बताएको छ ।

कुनै अमुव व्यापारीलाई मात्र फाईदा हुने गरी विद्यालयले पसल नै तोकेर विद्यार्थीहरुको पोशाक खरिद गर्न बाध्य पारेको भन्दै विद्यार्थीको भावना विपरित त्यस्तो नगर्न नगरभित्रका सवै विद्यालयलाईहरुलाई निर्देशन समेत गरेको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले अभिभावक र विद्यार्थीको भावना विपरित निश्चित पसलबाट मात्र विद्यार्थीहरुको पोशाक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना नर्गन भनेको छ ।

नगरप्रमुख रामकृष्ण खांणले कुनै विद्यालयले तोकेकै स्थानबाट मात्र पोशाक खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था विद्यार्थी र अभिभावकलाई गरेकाले यस्तो निर्देशन दिएको बताए ।

‘अभिभावक वा विद्यार्थीहरुले स्वत स्फुर्त रुपमा पोशाक खरिद जहाँबाट पनि गर्न सक्छ । पसलको नाम नै दिएर त्यहि बाट ल्याउनुपर्छ भन्नु गलत हो । विद्यालयहरुले गरेको यो कदमले तिलोत्तमा नगरपालिकाको गम्भिर ध्यान गएको छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित