मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

विद्यार्थीलाई निश्चित ठाउँबाट मात्र पोशाक खरिद नगराउनु – तिलोत्तमा

बुटवल । विद्यार्थी र अभिभावकलाई कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न विद्यालयले बाध्य गरेको प्रति तिलोत्तमा नगरपालिकाले ध्यानआर्कषित भएको बताएको छ ।

कुनै अमुव व्यापारीलाई मात्र फाईदा हुने गरी विद्यालयले पसल नै तोकेर विद्यार्थीहरुको पोशाक खरिद गर्न बाध्य पारेको भन्दै विद्यार्थीको भावना विपरित त्यस्तो नगर्न नगरभित्रका सवै विद्यालयलाईहरुलाई निर्देशन समेत गरेको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले अभिभावक र विद्यार्थीको भावना विपरित निश्चित पसलबाट मात्र विद्यार्थीहरुको पोशाक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना नर्गन भनेको छ ।

नगरप्रमुख रामकृष्ण खांणले कुनै विद्यालयले तोकेकै स्थानबाट मात्र पोशाक खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था विद्यार्थी र अभिभावकलाई गरेकाले यस्तो निर्देशन दिएको बताए ।

‘अभिभावक वा विद्यार्थीहरुले स्वत स्फुर्त रुपमा पोशाक खरिद जहाँबाट पनि गर्न सक्छ । पसलको नाम नै दिएर त्यहि बाट ल्याउनुपर्छ भन्नु गलत हो । विद्यालयहरुले गरेको यो कदमले तिलोत्तमा नगरपालिकाको गम्भिर ध्यान गएको छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित