‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस

बुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार लुम्बिनीमा ६८२ वटा सारस रहेको देखाएको हो । अध्यायन अनुसार देशभर ६९० वटा सारस रहेकोमा लुम्बिनीमा मात्र कुल संख्याको ९० प्रतिशत सारस रहेको ाणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरि शर्माले बताए ।
सारस लुम्बिनी क्षेत्र तथा नेपालको होचो इलाकामा सदियौंदेखि पाइने चरा हो । ठूलो शरीर र तौलका कारण सारस ४०–५० फिट हाराहारीमा मात्रै उड्छ ।
बृहत्त लुम्बिनी क्षेत्र र अन्य जिल्लामा सारसको वितरण, संख्या, वस्तुस्थितिबारे अनुसन्धान गरिएको अध्ययनमा सहभागी चराविज्ञ कटुवाल बताए । मानवीय क्रियाकलापले जैविक विविधता ह्रास हुँदै जाँदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँदै कटुवालले बताए ।
चरा जोगाउन नेपालमा मात्रै होइन, संसारभरि नै चुनौतीपूर्ण बन्दै गएको छ । विश्वमा पाइने कुल पंक्षी प्रजातिमा झन्डै १४ प्रतिशत विश्वव्यापी जोखिममा रहेको उनी बताउँछन । यसमा एशियाका चराको बाहुल््य रहेको उनको भनाइ छ ।
सारस (गु्रस एन्टिगन) भने नेपालको रैथाने प्रजाति हो । यो प्रजाति संवेदनशील (भलनरेबल) अवस्थामा छ । चराविज्ञ कटुवालका अनुसार अहिलेको अध्ययन रैथाने सारसमा मात्र केन्द्रित थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित