मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस

बुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार लुम्बिनीमा ६८२ वटा सारस रहेको देखाएको हो । अध्यायन अनुसार देशभर ६९० वटा सारस रहेकोमा लुम्बिनीमा मात्र कुल संख्याको ९० प्रतिशत सारस रहेको ाणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरि शर्माले बताए ।
सारस लुम्बिनी क्षेत्र तथा नेपालको होचो इलाकामा सदियौंदेखि पाइने चरा हो । ठूलो शरीर र तौलका कारण सारस ४०–५० फिट हाराहारीमा मात्रै उड्छ ।
बृहत्त लुम्बिनी क्षेत्र र अन्य जिल्लामा सारसको वितरण, संख्या, वस्तुस्थितिबारे अनुसन्धान गरिएको अध्ययनमा सहभागी चराविज्ञ कटुवाल बताए । मानवीय क्रियाकलापले जैविक विविधता ह्रास हुँदै जाँदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँदै कटुवालले बताए ।
चरा जोगाउन नेपालमा मात्रै होइन, संसारभरि नै चुनौतीपूर्ण बन्दै गएको छ । विश्वमा पाइने कुल पंक्षी प्रजातिमा झन्डै १४ प्रतिशत विश्वव्यापी जोखिममा रहेको उनी बताउँछन । यसमा एशियाका चराको बाहुल््य रहेको उनको भनाइ छ ।
सारस (गु्रस एन्टिगन) भने नेपालको रैथाने प्रजाति हो । यो प्रजाति संवेदनशील (भलनरेबल) अवस्थामा छ । चराविज्ञ कटुवालका अनुसार अहिलेको अध्ययन रैथाने सारसमा मात्र केन्द्रित थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित