आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

प्यारामाउण्टमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिल स्थित प्यारामाउण्ट बोडिङ्ग हाई स्कूलमा २०७९ सालको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ ।

२०७९ सालको एसइई परीक्षामा प्यारामाउण्टबाट १७० जना विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीहरु मध्ये २६ जना ए प्लस, ४९ जना ए, ५४ जना बी प्लस, ३५ जना बी र ६ जना सी प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । दुई जना विद्यार्थीले ३ दशमलव ९ जिपिए ल्याएका छन् ।

शनिबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरी र संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई बधाईसहित सम्मान गरेका हुन । सोही अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थापक प्राचार्य भुसालले नेपालको शिक्षा नीतिले कक्षा ११ र १२ लाई विद्यालय शिक्षाको रुपमा स्पष्ट व्यवस्था गरेपनि कतिपयले कक्षा ११ र १२ लाई कलेज शिक्षाको रुपमा प्रचार गरेर विद्यार्थी र अभिभावकलाई भ्रममा पारेको बताए ।

‘कक्षा १२ को बोर्ड परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो । तर कतिपयले एसइई उत्तीर्णपछि विद्यालय तहको शिक्षा सकिएको जसरी प्रचार गरेको पाइन्छ । यसले विद्यार्थीको मनोविज्ञानमा असर पारेको छ ।’ उनले भने।

उनले कक्षा ११ र १२ को अध्यापन पनि कक्षा ९ र १० को जस्तैगरी पारिवारिक र स्नेहपूर्ण वातावरणमा हुनुपर्नेमा जोड दिए । कतिपयले विद्यार्थीले एसइईलाई ठूलो महत्व दिएर अभिभावकसँग ठूला डिमान्ट राख्ने गरेको उल्लेख गर्दै उहाँले एसइईलाई शिक्षा प्राप्तिको एक तहको रुपमा लिन आग्रह गरे ।

संस्थापक प्राचार्य भुसालले विद्यार्थीहरु श्रमसँग जोडिनुपर्नेमा जोड दिँदै उपर्युक्त वातवरण नपाउँदा राम्रो श्रेणीमा एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको नतिजा कक्षा ११ र १२ मा खस्कने गरेको पाइएको बताए ।

कार्यक्रममा विद्यार्थीहरु प्रज्जवल पाण्डे, मानुषी न्यौपाने, अभिभावक गणेश प्रसाद बेल्बासेलगायतले प्यरामाउण्ट यस क्षेत्रकैं अग्रणी शिक्षण संस्था रहेको उल्लेख गर्दै आगामी दिनका शैक्षिक क्रियाकलाप समेत यहीँबाट अघि बढ्ने बताए ।

विद्यालय व्यवस्थाप समितिका उपाध्यक्ष राम गिरीको अध्यक्षता, सह—प्राचार्य लिलाधर किराँतको स्वागत तथा शिक्षक दिवाकर पन्थीको स्वागतमा कार्यक्रम भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित