दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई

रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. २ मा उम्मेदवार रहेका विश्वदीप पाण्डे ‘सुभाष’ले निर्वाचन परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवार शुलभ खरेललाई बधाई दिएका छन्।
पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएको उल्लेख गर्दै मतदाताले दिएको जनमतलाई सम्मान गर्ने बताएका छन्। उनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन मतदानमार्फत साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
विज्ञप्तिमा उनले विजयी उम्मेदवार खरेललाई सफल कार्यकालको शुभकामना दिँदै क्षेत्रको विकास, सुशासन र समृद्धिका काममा आफ्नो पूर्ण विश्वास व्यक्त गरेका छन्। साथै रुपन्देहीको साझा आकांक्षा पूरा गर्न सहकार्यका लागि आफू तयार रहेको पनि जनाएका छन्।


पाण्डेले रुपन्देही आफ्नो लागि केवल एउटा निर्वाचन क्षेत्र मात्र नभई समाज र राष्ट्रका लागि योगदान गर्ने कर्मभूमि भएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पनि रुपन्देहीवासीको विकास, समृद्धि र जनहितका विषयमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रेस विज्ञप्तिमा उनले निर्वाचन प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने नागरिक समाज, सञ्चारकर्मी, विभिन्न दलका नेता–कार्यकर्ता, समर्थक तथा मतदाताप्रति धन्यवाद ज्ञापन गरेका छन्। लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
पाण्डेले विगतमा गरेका असल कामलाई निरन्तरता दिने र कमीकमजोरीबाट सिक्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा जनताको सेवामा समर्पित रहने बताएका छन्। उनले जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता पनि दोहोर्याएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित