तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गरेका छन् ।
उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन ।
मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र समभाव राख्ने प्रदेश हो । प्रदेश सरकारले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्दै विभिन्न धर्मसँग सम्बन्धित मठ, मन्दिर, विहार तथा तीर्थस्थलहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ ।
धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने नीति प्रदेशको दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एक आपसमा जोड्ने पर्यटन सर्किट विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक पर्यटन संस्कृति संरक्षणसँगै समृद्धिको ढोका खोल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा छ ।
आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले आधुनिकताको नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्न सबैको साझा जिम्मेवारी रहेको बताए । नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको मौलिकता जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित