अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रभावशाली नेताहरू लुम्बिनी प्रदेशबाट उम्मेदवार बनेका छन् । संयोजक दाहाल रुकुमपूर्वबाट उम्मेदवार बनेका छन् ।

दाहाल ५ औं पटक क्षेत्र परिवर्तन गरी लुम्बिनी प्रदेशको एक मात्र हिमाली तथा संघीयतापछि बनेको कान्छो जिल्लाबाट उम्मेदवार बन्न पुगेका हुन् । यस्तै, रोल्पाबाट वर्षमान पुन उम्मेदवार बनेका छन् । पुन रोल्पाबाट चुनाव जित्दै आएका नेता हुन् ।

बर्दिया–१ बाट वामदेव गौतम उम्मेदवार बनेका छन् । उनी एमालेमा रहँदा यहीँ क्षेत्रबाट उम्मेदवार बन्दै आइरहेका थिए । यहाँ अघिल्लो चुनावमा कांग्रेसका सञ्जय गौतम निर्वाचित भएका थिए ।

त्यसैगरी, अर्घाखाँचीबाट साविक नेकपा एसका नेता रामबहादुर चौहानले टिकट पाएका छन् । त्यसैगरी गुल्मीको क्षेत्र नं १ मा तत्कालीन माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल र २ मा प्रचण्डको सचिवालयमा बसेका बुद्धि जिसी उम्मेदवार बनेका छन् ।

पाल्पाको क्षेत्र १ मा होम सुनारी र २ नम्बरमा सोमप्रसाद पाण्डेलई नेकपाले टिकट दिएको छ ।

यसैगरी, पश्चिम नवलपरासीको १ मा सिन्धु जलेसा र नवलपरासी २ मा देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको प्युठानमा भोजविक्रम बुढा उम्मेदवार बनेका छन । रुपन्देही ५ मा वकिल मुसलमान, रुपन्देही ४ मा बाबुलाल यादव र रुपन्देही ३ मा फैज अहमद खान उम्मेदवार बनेका छन् ।

रुपन्देही १ र २ टुंगो लाग्न बाँकी छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा पनि उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

यस्तै, दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरी, क्षेत्र नम्बर २ मा निर्मल आचार्य उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित