अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित)

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। शनिबार सम्पन्न पार्टी सचिवालयको बैठकले प्रदेशका हेभीवेट नेतादेखि युवा अनुहारसम्मलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।

उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणअनुसार लुम्बिनीका १२ वटै जिल्लामा एमालेले आफ्ना उम्मेदवारहरू करिब तय गरिसकेको छ। केही क्षेत्रमा भने रणनीतिक कारणले नाम थाती राखिएको बताइएको छ।

पाल्पा र रुपन्देहीमा प्रभावशाली नेताहरू
एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने भएका छन्। पाल्पाकै क्षेत्र नं. १ मा नारायण आचार्यले टिकट पाएका छन्। रुपन्देहीमा चर्चाको केन्द्रमा रहेको क्षेत्र नं. ३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नं. ५ मा खिमलाल भट्टराईले टिकट पाएका छन्। रुपन्देहीका क्षेत्र नं. १ र २ मा भने अहिले नाम सार्वजनिक गरिएको छैन, जहाँ थप परामर्श आवश्यक रहेको बताइएको छ।

गुल्मी र अर्घाखाँचीमा स्थापित अनुहार
एमालेका प्रभावशाली नेताहरू प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्ट पुनः गुल्मीबाटै चुनावी मैदानमा उत्रिने भएका छन्। ज्ञवाली क्षेत्र नं. १ र विष्ट क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने निश्चित भएको हो। अर्घाखाँचीमा पिताम्बर भुसालले टिकट पाएका छन् भने प्युठानमा युवा नेता सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार हुनेछन्।

दाङ जिल्लाको क्षेत्र नं. ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाइएको छ। दाङका क्षेत्र नं. १ र २ मा भने निर्णय हुन बाँकी छ। बाँकेमा क्षेत्र नं. १ बाट सूर्य ढकाल र ३ बाट दल बहादुर सुनारले टिकट पाएका छन् भने क्षेत्र नं. २ मा उम्मेदवार तय हुन बाँकी छ। बर्दियामा क्षेत्र नं. १ बाट शालिकराम अधिकारी र २ बाट विमला बिकलाई मैदानमा उतारिएको छ।

कपिलवस्तुमा क्षेत्र नं. १ मा विश्राम चौधरी र ३ मा वीरेन्द्र प्रसाद कनौडिया उम्मेदवार बन्ने भएका छन्। कपिलवस्तु-२ मा भने अझै अन्योल कायम छ। नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा रामप्रसाद पाण्डे र २ मा भगवती प्रसाद यादवले टिकट पाएका छन्। पहाडी जिल्ला रोल्पामा गोकुल घर्ती उम्मेदवार बन्ने तय भएको छ।
अझै कहाँ-कहाँ टुंगिन बाँकी छ ?
लुम्बिनी प्रदेशका केही महत्वपूर्ण क्षेत्रहरूमा भने एमालेले अझै उम्मेदवार घोषणा गरेको छैन। उपमहासचिव भट्टका अनुसार रुपन्देहीका क्षेत्र नं. १ र २, कपिलवस्तुको क्षेत्र नं. २, दाङका क्षेत्र नं. १ र २ तथा बाँकेको क्षेत्र नं. २ मा उम्मेदवारको नाम अझै टुंगिन बाँकी छ। यी क्षेत्रहरूको अन्तिम निर्णय गर्ने जिम्मा सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित