तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम

बुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।

अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्नेलाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन गरेका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुकालागि सम्भावना धेरै भएकाले सोही अनुसार आफुलाई सक्षम बनाउन आग्रह गरे।

अक्सबृजका प्रवन्ध निर्देशक डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिती बाक्लो रहनु मुलुककालागि पनि राम्रो भएको प्रतिकृया दिदै स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्ति बैदेशिक यात्रामा जानु दुखद् भएको बताईन ।

कार्यक्रममा भिम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सिटिईभिटीका लुम्विनी प्रदेशका बरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जिवि जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, अक्सबृजका भिजिटर लेक्चर मधुकर शर्मालगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित