रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सम्बन्ध सहकारीको छैठौं साधारणसभा

बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ६ औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष खनालले सहकारीलाई बलियो बनाउदै उत्पादन केन्द्रित बन्न आग्रह गरे ।

देशको अर्थतन्त्रलाई गतिशिल र समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने वडा अध्यक्ष खनालले धारणा राखे । कार्यक्रममा सहकारीका अध्यक्ष शर्माले छोटो समयमा सहकारी दरिलो र बलियो संस्थामा रुपमा स्थापित भइसकेको बताए । अध्यक्ष शर्माले सहकारीका शेयर सदस्य वृद्धि गर्ने अभियान जारी रहेको अहिलेसम्म बताउदै ७१७ जना पुगेको जानकारी दिए ।

सहकारीलाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबैको योगदान र सहयोग आवश्यक रहेको अध्यक्ष शर्माले जोड दिए । बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा आउने बहुउद्देश्यीय सहकारीमा सम्बन्ध पहिलो हो । सम्बन्ध सहकारी बुटवल वडा नम्बर–११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । सहकारीको शेयर पूँजी १ करोड १८ लाख ६० हजार, नियमित बचत ४ करोड ३६ लाख ४७ हजार ७९, स्वेच्छिक बचत २२ लाख ९५ हजार २७३ र बाल बचत ५ लाख ६८ हजार ८३८ रहेको सहकारीका व्यवस्थापक विमला अधिकारीले जानकारी दिइन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनाल, शेयर सदस्य सुमन पन्थी, जिबलाल बस्याल, मालिका साकोसका सचिव सुशील नेपाल, शुभस्वागतम सहकारीका अध्यक्ष कूलप्रसाद बस्याल, दिपावली सहकारीका कोषाध्यक्ष डम्बर बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा नीति कार्यक्रमसहितको प्रतिवेदन अध्यक्ष लोकराज शर्माले, अनुमानित आय व्यय र वार्षिक लेखा परीक्षणको प्रतिवेदन कोषाध्यक्ष सन्तोष केसी, आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक धर्मराज भटटराईले प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णु कुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित