रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई

  • `
  • बुटवल स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) मा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई गरेको छ । एनसिसीको ५१ औं डिभिजनका जुनियर क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

    विदाई हुनु अघि ५१ औं डिभिजनका जुनियर क्याडेटहरूले अभिभावक तथा विद्यालय परिवारका बिचमा परेड तथा नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यार्थीहरु विद्यालयमा सञ्चालन भएको ७९ दिने तालिमको समापन गरी हात्तीखोरमा आयोजना हुने २१ दिने तालिममा सहभागी हुन जान लागेका हुन । तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउंछन् । अक्सफोर्डबाट कक्षा ९ का विद्यार्थीहरु तालिममा सहभागि हुनेछन् ।

    विद्यार्थीहरुलाई विदाई कार्यक्रममा एनसिसी प्रशिक्षक टोप जंग वली तथा हेमन्ती कठायतलाई विशेष सम्मान समेत गरिएको थियो । विद्यालयका प्राचार्य दिनेश भुसालले अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि हुने बताए ।

    एनसिसीको उद्देश्य क्याडेटहरूलाई भविष्यमा सेना बनाउन नभई तिनीहरूलाई सक्षम, शारीरिक रूपमा बलियो, जिम्मेवार, सहानुभूतिपूर्ण नेतृत्व क्षमता भएका नागरिकका रूपमा रूपान्तरण गर्नु हो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित