जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार

बुटवल । भुकम्पपछि भवन निर्माणमा पछिल्लो समयमा माटोको इट्टा र सिमेन्टको ब्लकको सट्टा भुकम्प प्रतिरोधक एएसी ब्लकको प्रयोग बढ्न थालेको छ ।

२०७२ सालको भुकम्पमा धेरै धनजनको क्षति भएपछि नेपालमा भुकम्प प्रतिरोधक एएसी (अटोक्लेभ्ड एरीएटेड कंक्रिट) ब्लक उद्योग स्थापना हुने क्रम पनि बढेको छ । नेपालमा यस्ता उद्योगको संख्या गत दश वर्षमा सात पुगेको छ ।

लुम्बिनी प्रदेश क्षेत्र एवं पश्चिम नेपालमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ भलवाडीमा स्थापित नेपाल एएसी ब्लक उद्योगले गत तीन वर्ष देखि आफ्नो उत्पादन बजारमा ल्याएको छ ।

४७ करोडको लगानीमा निर्माण भएको उद्योगबाट उत्पादित एएसी व्लकले छोटो समयमै उपभोत्ताको मन जित्न सफल भएको छ । उद्योगका सेल्स म्यानेजर दिपक भट्टराईले पछिल्लो समयमा उपभोक्ताले यसको प्रयोग रुचाएको एवं प्रयोग बढ्दै गएको बताए ।

रातो ईटाको तुलनामा ८ देखि १० प्रतिशत सस्तो हुनुका साथै गुणस्तरमा समेत बलियो भएका कारण उपभोत्ताको रोजाईमा एएसी व्लक परेको उनले बताए । यस उद्योगले बार्षिक ४० करोड रुपैयााको कारोबार समेत गर्दै आएको छ ।

ह्लुवा वजन, ध्वनी प्रतिरोधक, छिटो र छरितो ढंगले काम, ओस, अग्नी, भुकम्प प्रतिरोधक समेत एएसी व्लक रहेको उद्योगका सञ्चालक अनिल श्रेष्ठले बताए । त्यस बाहेक दिगो निर्माण र पुनः प्रयोगका साथै बातावरणमैत्री पनि एएसी व्लक रहेको उनले बताए ।

‘एएसी कम्पनीले व्लकहरु उत्पादन गर्ने क्रममा ३० प्रतिशत बातावरणिय वेष्ट, ५० प्रतिशत हरितगृह विकिरणमा कमि र ६० प्रतिशत भन्दा माथी एकिकृत उर्जाको बचत गर्छ । यस कारण पनि यो बातावरणमैत्री छ’ उनले भने ।

कम तौल, बालुवाको प्रयोग गर्न नपर्ने, जोडाइमा कम सिमेन्ट प्रयोग हुने, जोडाइपछि पानीले सिंचाई गर्न नपर्ने, कुल लागतमा कमी भएका कारण आफुले यसको प्रयोग गरेर घर निर्माण गरेको उपभोत्ता बुटवलका सचिन श्रेष्ठले बताए ।

जर्मनी प्रविधिबाट उत्पादित यो ब्लकको वजन हलुका हुनुको साथै निर्माण गरिने भवन तथा पर्खाल मजबुत हुने र संरचनाको भार जमिनको सतहमा समानुपातिक रुपमा पर्ने हुँदा भुकम्पीय क्षति कम हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईले बताए ।

उद्योगबाट ४ ईन्चको व्लक दैनिक ६ हजार पिस, ६ ईन्चको व्लक दैनिक ५ हजार र ८ ईन्चको व्लक दैनिक ३ हजार पिस उत्पादन हुने गरेको छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेश यस व्लकको मुख्य बजार क्षेत्र हो । ८० प्रतिशत नेपालकै कच्चा पद्धार्थ प्रयोग हुने एएसी व्लकको ८ ईन्चको व्लकले १६ वटा रातो ईटाले कभर गर्ने क्षेत्र ओगट्ने गर्दछ ।

आवाशीय, व्यापारिक, औद्योगिक, कार्यालय, पर्खाल, अस्पताल, विद्यालय एवं महाविद्यालय, विशेष प्रकारका थिएटर जस्ता ठूल्ठूला भवन निर्माणमा यो ब्लक प्रयोग गर्न सकिन्छ ।

विहिबार कम्पनीद्वारा बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कम्पनीका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले बताए अनुसार यो ब्लकको प्रयोगको इतिहास भारतमा तीन दशक र युरोपमा शताब्दी पुरानो छ ।

बालुवा, सिमेन्ट, चुना, जिप्सन र आलुमिनियमलाई पानीसंग मिश्रण गरी पूर्ण स्वचालित अटोक्लेभ्ड मेसिनबाट यो ब्लक उत्पादन हुने जानकारी समेत अध्यक्ष श्रेष्ठले दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित