तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’

बुटवल । बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँच तारे हायात प्यालेस सञ्चालनमा आएको छ ।

२५ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ बर्षपछि हायात प्यालेस सञ्चालनमा आएको हो । ग्लोवल आइएइ बैंक र होटल स्याफ्रोनको संयुक्त लगानीमा निर्माण भएको हाटलमा एक रातमा २५० जनाले बास बस्न सक्नेछन् ।

होटलका सञ्चालक चुन्नप्रसाद शर्माले केही महिना भित्रै क्यासिनो सञ्चालन गरिने गरी काम भइरहेको बताए ।
होटलमा चारवटा विशेष बास्तुकला स्तम्भ समेत बनाइएको छ ।

यी स्तम्भहरु शक्ती र स्थिरताको प्रतिक रहेको उनले बताए । उनले स्तम्भहरु बौद्ध दर्शनका चार आर्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ बाट लिइएको हो । साथै स्वागत कक्षमा कलाकृति नेपालको पहाडि चराबाट बनाइएको छ । यसले स्वतन्त्रता र प्राकृतिक सौन्दर्यलाई दर्शाउँने उनले बताए ।

कुल १०९ वटा अतिथि कक्ष र सुईटसहरु रहेको होटलमा बोधी बृक्षको पातको आकृति जस्ता स्थानिय सांस्कृतिक तत्वहरु समेत बनाइएको छ । प्यालेसमा ११ सय बर्ग मिटर भन्दा बढि क्षेत्रफलमा फैलिएको सभाकक्ष रहेको छ भने १६६ मिटरका दुई वटा मिटिङ हल रहेका छन् । दोस्रो तलामा सुन्दर पौडी पोखरी सहित व्यामशाला समेत रहेको छ ।

होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन । होटलमा ३ सय जनाले रोजगारी पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित