तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा

बुटवल । रुपन्दहीको प्रतिष्ठित तारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मंगलबारको जेनजी आन्दोलनपछि खरानीमा परिणत भएको छ । तिलोत्तमा–२ स्थित उक्त रिसोर्टमा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि त्यहाँ कार्यरत सयभन्दा बढी कर्मचारी रोजगारीको अन्यौलमा परेका छन् ।

मंगलबार दिउँसो करिब चाररपाँच सय आन्दोलनकारी एक्कासी होटल परिसरमा पसेर केही घण्टामै सम्पूर्ण संरचना ध्वस्त पारेका थिए । होटलसँगै सञ्चालनमा रहेको मिनि क्यासिनोलाई समेत आगजनी गर्दा त्यहाँ कार्यरत कर्मचारीहरूको रोजगारी समेत गुमेको छ ।

होटलका कर्मचारीका अनुसार आन्दोलनकारीहरूले सर्वप्रथम क्यास काउन्टर कब्जा गरी बारमा रहेका मदिराका बोतल लुटे । त्यसपछि होटलका कोठा–कोठामा पुगेर टेलिभिजन, रेफ्रिजेरेटर, कम्प्युटर, ल्यापटपलगायतका महङ्गा सामग्री लुटेर लगे । मुख्य कार्यालयका कागजात र किचनमा रहेका सम्पूर्ण खाद्यान्न पनि आगजनीबाट नष्ट भएको कर्मचारीहरूले बताए ।

आन्दोलनकारीहरूले होटलका दुईवटा गाडीमा समेत आगो लगाइदिएपछि केही घण्टामै करोडौँको सम्पत्ति खरानीमा परिणत भएको हो । होटलमा विगत १५ वर्षदेखि काम गर्दै आएका पुराना कर्मचारीहरू समेत रोजगारी गुमेकोमा चिन्तित देखिएका छन् ।

मंगलबार मध्यराति पनि केही समूहले ‘आन्दोलनकारी’को नाममा बाँकी सामानमा तोडफोड गर्दै रेष्टुरेन्टमा रहेका मदिरा सेवन गरेर होटलभित्रै रात बिताएको सुरक्षा गार्डहरूले बताए ।

होटलमा कार्यरत एक कर्मचारीका अनुसार राति १० बजेदेखि नेपाली सेना परिचालनमा आएको भनिए पनि सुरक्षा अनुभव भने गर्न नसकिएको हो । “बुधबार दिउँसो मात्र सेनाले आएर केही भएमा फोन गर्न भन्दै नम्बर दिएर फर्किएको थियो । तर त्यतिबेलासम्म होटलमा बाँकी के नै थियो र ?” उनले गुनासो गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित