तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बालेनका सल्लाकार सन्तोष गरी रुपन्देही–३ का जनताको घरदैलोमा, एमाले विद्यार्थी नेता भन्छन्–‘तिमी अवसरबादी हौ’

बुटवल । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ रुपन्देही आएका गिरीले अहिले स्थानिय सँग भेटघाटलाई तिब्र बनाएका छन् । उनी मतदाताको घरदैलोमा पुगेर जनताका अपेक्षा र आवश्यकता बारे मसिनो गरी बुज्दै हिडेका छन् ।

तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी घर भएका गिरी मेयर बालेनका खाद्य तथा परराष्ट्र सल्लाहकार हुन । ३३ बर्षिय गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत पनि हुन ।

बालेनको सल्लाहकार हुनु अघि रुपन्देहीमा अखिलको राजनीति गर्थे । उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका गिरीलाई एमालेका युवा विद्यार्थी नेताले भने ‘अवसरबादी’ भनेका छन् । साथै जनतालाई झुटो बोलेर गुम्राहमा नपार्न पनि विद्यार्थी नेताले सुझाव दिएका थिए ।

अनेरास्ववियू रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष बालकृष्ण पाण्डे गिरीलाई जनताले राम्रो सँग चिनेको उनी अवसरबादी रहेको बताए ।

‘तिमीलाई होइन मैले सहसचिव छोडेको ? अनि तिमी नै होइन बिचैमा राजिनामा दिएर हिडेको ? अझ जनताका समस्या बुझ्न रे ः के बुझछौ तिमी हामीलाई थापा नभएको हो र ?’ उनले सामाजिक सञ्जालमै लेखेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित