चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी                
समाचार :

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बुटवलमा भएको परिषद बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको छ ।

९ सदस्यीय कार्यसमितिमा २ जना सदस्य कार्यसमिति बैठकले मनोनयन गर्नेछ । सोही परिषद बैठकले नवनिर्वाचित कार्यसमितिका संयोजक भण्डारी र सचिव रेग्मीलाई प्रदेश प्रतिनीधिमा चयन गरिएको छ ।

समुहका संयोजक कविन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा पूर्व केन्द्रीय महासचिव करुण खनाल, सल्लाहकार पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडे, बार काउन्सिलका पूर्व काउन्सिलर अधिवक्ता बाबुराम पाण्डे, बुटवल बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित