तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामूदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ ।

जसमा सामूदायिक विद्यालयतर्फ नेपालको एक मात्रै सामूदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् ।

केन्द्रबिन्दु एजुकेशन एक्सीलेन्स अवार्ड–२०८२ बाट सम्मानित कालिका मानवज्ञान मावि सम्मानित भएको हो । अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित