तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ ।

समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई झोला तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको हो । यसैगरी विद्यालयमा अध्यापनरत शिक्षक तथा मैथिल समाज रुपन्देहीको सदस्य भई शिक्षण पेसामा आवद्धहरु गरी ६० जना बढी शिक्षकलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही कार्यालयका प्रमुख माधव बन्जाडेले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहन गरिएकोमा खुसी व्यक्त गरे । समुन्नत समाज निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले सबैको पहुँचमा शिक्षालाई पुर्याउनका लागि मैथिल समाज जस्तै हरेक सामाजिक संघ-संस्थाहरुले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

यसैगरी मैथिल समाज रुपन्देहीका संस्थापक उपाध्यक्ष विद्यासागर झाले सामाजिक तथा सिर्जनात्मक गतिविधिको माध्यमबाट मैथिल समाज एक ठाउँमा उभिने वातावरणको निर्माण गरिएको भन्दै खुसी व्यक्त गरे । शिक्षा क्षेत्रको विकास लागि समाजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर विपन्न तथा गरिव परिवारका विद्यार्थीलाई सहयोग गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नहरपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापा, प्रधानाध्यापक धनिश्वर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले मैथिल समाजको सिर्जनशिल गतिविधिलाई निरन्तरका लागि आग्रह गरे ।

निःश्वार्थ रुपले गरिने कुनै पनि सामाजिक कार्यले सधै सकारात्मक प्रभाव बनाउन सक्ने भन्दै उनीहरुले थप क्रियासिल भएर अघि बढ्न आग्रह गरे । मैथिल समाज रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहको अध्यता तथा कार्यक्रम संयोजक गणेश मइतो समन्वयमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित