तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बालेनका सल्लाहकार गिरीले रुपन्देही–३ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने

रुपन्देहीको क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवारहरुको दौडधुप सुरु भएको छ । रुपन्देहीको क्षेत्र नम्बर–३ मा सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका खाद्य स्वच्छता एवम अन्तर्राष्ट्रिय सल्लाहकार समेत रहेका गिरीले उम्मेदवारी दिने चर्चा सुरु भएको हो ।

विद्यार्थी जीवनमा अखिलको राजनीतिबाट उदाएका गिरीले राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हांसिल गरेपछि देशैभर चर्चित भएका थिए । त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान चलाए ।

संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताकार रुपमा प्रस्तुत हुन थाले ।

गिरीको जन्म रुपन्देहीको क्षेत्र नम्बर ३ मै भएको हो । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत रहेका छन् । उनले एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीको सहसचिव रही काम गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित