तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एभरेस्टमा एसईई उत्तीर्ण बधाई तथा शुभकामना कार्यक्रम

बुटवल। एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई तथा शैक्षिक सफलताकालागि शुभकामना कार्यक्रम गरेको हो ।

बिद्यालय संचालक समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामना दिदै कसैको प्रलोभन, दवाब र अरुकै रहरमा बिषय नरोज्न आग्रह गरे ।

उहाले एसईईको नतिजा आउना साथ विद्यार्थी तथा अभिभावकलाई फोन गर्ने र विभिन्न प्रकारका प्रलोभन देखाउने खालका कृयाकलाप बढेको उल्लेख गर्दै त्यसको पछी नलागेर सही र आफ्नो चाहना अनुसारको बिषय र बिद्यालय छनोट गर्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, अभिभावक भगवती भण्डारी, बिद्यार्थी पवन भण्डारी र एन्जिला पन्थी लगायतले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आउने शैक्षिक उपलब्धि हासिल गर्नकालागि मेहनत, लगनशीलता र निरन्तर अध्ययनशिलताको आवश्यकता रहेको बताएका थिए ।
सो अवसरमा माध्यमिक शिक्षा परीक्षा २०८१ मा ४ जिपीए ल्याउने विद्यार्थी पवन भण्डारीलाई नगद दस हजार सहित सम्मान गरिएको थियो ।

एसईई परीक्षा २०८१ मा एभरेस्टबाट एक जनाले ४ जिपीए ३.६१ जिपिएदेखि माथी ६९ जनाले, ३.२१ जिपीएदेखि माथी ५९ जनाले र २.८१ माथी २९ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षक माधव पौडेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित