तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण

बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ भने विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वर, पिपल र स्वामीको विरुवाहरु बृक्षारोपण गरिएको छ ।

राष्ट्रिय धान दिवसमा रोपाईँ गर्नुपर्ने भएपनि आफूहरु वातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्यले बृक्षारोपणमा गरेको जितेश्वरी टोल विकास संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यालय पछाडिको सामुदायिक वनमा लगाइएको वर, पिपल र स्वामीलाई भैरहव मन्दिर जानेहरुले बिसौनी हुने गरी चौतारीका रुपमा विकास गरिनेछ । लगाइएका विरुवाहरुको टोल संस्थाले नै संरक्षण गर्ने उनको भनाई छ ।

विगतदेखि नै जितेश्वरी टोल संस्थाले रचनात्मक काम गर्दै आइरहेको भन्दै बृक्षारोपणले वातावरण संरक्षणमा ठूलो टेवा दिने निवर्तमान अध्यक्ष चिरन बरालले बताए।

बुटवल १३ देविनगर स्थित उद्यमी कृषि सहकारी संस्थाले समेत बृक्षारोपण कार्यक्रममा सहकार्य गरेको थियो। बृक्षारोपणमा सामाजिक अगुवा किसन ज्ञवाली, जितेश्वरी आमा समूहका अध्यक्ष सिता कार्की, टोल संस्थाका उपाध्यक्ष नारायण प्रसाद नेपाल, सचिव ज्ञानबहादुर पुन, उद्यमी कृषि सहकारीका अध्यक्ष दलबहादुर लुहागुन लगायतको उपस्थिती रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित