मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर

राजस्व अनुसन्धान कार्बुयालय बुटवले करिव ७ कराेड विगाे माग दावी गरी बुधबार उच्च अदालत तुल्सिपुर बुटवल इजलसमा राजस्व चुहावट मुद्दा दायर गरेको छ । नवज्योती ट्रेडर्स नवलपरासीका सञ्चालक सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा ७ कराेड विगाे माग दावी गरी मुद्धा दायर गरेको हो ।

नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको  र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले राजस्व चुहावट  गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

राजस्व अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(सं.स) को दफा ३ विपरित र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले अभियोगमा तीन करोड ४७ लाख ६२ हजार ७ सय रुपैयाँ बिगो माग दावी गरेर मुद्धा दायर गरिएकाे राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए ।

यस्तै  निज प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय हुन र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको ११ लाख ७१ हजार ५ सय बिगो कायम तथा पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(३) को कसूरमा सोही दफा २३(३) बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३(३) को कसूरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना हुन मागदावी लिई अदालतमा मद्धा दायर गरिएको विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित