तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

इस्माली समाज यूएईको ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र

बुटवल । इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तीब्र बनाएको छ ।

हरेक घरमा शुद्ध पानी उपलव्ध गराउने उद्देश्य सहित इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र बनाएको हो ।

अभियान अन्तर्गत अहिले पहिलो चरणमा आरओ फिल्टरलाई घरमा जडान कार्य गरिरहेको छ । ईस्माका नागरिकहरुलाई शुद्ध पानी उपलब्ध गराउने गरी सुरु भएको अभियानबाट  १ सयभन्दा बढि घरमा फिल्टर जडान गरिनेछ ।

इस्माली समाज यूएईका अध्यक्ष मान बहादुर कुँवरले इस्माबाट बैदेशिक रोजगारीका लागि यूएई आएका सहयोगीहरुको पहलमा यो अभियान सुरु गरिएको बताए ।

अभियान अन्तर्गत ईस्मामा स्कुल, पालिका, विद्यालय, वडा कार्यालयका साथै घर घरमा आरओ फिल्टर जडान गर्ने योजना बनाइएको छ ।

इस्माली समाज यूएईका सचिव सुनिल चन्द्र थापाले बैदेशिक रोजगारीका लागि विदेशमा रहेपनि आफ्नो जन्मभूमिको माया र दायित्व सम्झेर फिल्डर जडान अभियान सुरु गरेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित