युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको अपरेशनका लागि नाम दर्ता गराउने क्रम जारी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको अपरेशनका लागि महिनौदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि पालोमा रहेका बिरामीलाई नाम दर्ता गराएर विशेष सर्जरी कार्यक्रममा सहभागी हुन अस्पताल प्रशासनले सूचना जारी गरेको छ ।

अस्पतालले यही जेष्ठ २२ गतेसम्म सेवाग्राहीलाई नाम दर्ता गराउन आग्रह गरेको छ । अस्पतालको ओपीडी सेवा अन्तरगत उपचारका लागि आई पित्तथैलीको अपरेशनका लागि पालोमा रहेका बिरामीले यस कार्यक्रममा सहभागी हुन सक्ने मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । यो कार्यक्रम अन्तरगत कम्तिमा ३ सय जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन प्रशारण गरी जानकारी गराइएको अस्पतालका डा. ढकालले जानकारी दिए । यो अभिान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेष्ठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।

अस्पताल बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्याङ्क मूल्याङ्कन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतार परिवारले योजनावद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दाबी गर्दै उनले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने दाबी गरे । अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रम बारे सबै सेवाग्राहीसम्म सूचना पुर्याउनका लागि राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षले भूमिका खेलेर सहयोग गर्न आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित