भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै

बुटवल । रंगिचंगी विभिन्न लाईट अनि त्यसमा पानीको फोहोरा, त्यो पनि संगितको तालमा । संगीत, रंग र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउण्टेन’ अब रुपन्देहीको तिलोत्तमा–६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा बन्ने भएको छ ।

भारतको प्रसिद्ध तिर्थस्थल अक्षरधाममा देखिने ‘म्युजिकल वाटर फाउण्टेन’ जस्तै सानो आकार कुञ्जपार्कमा बन्ने भएको हो । त्यसका लागि प्रारम्भिक अध्यायन पश्चात अहिले बोलपत्र आव्हान भइसकेको छ ।

रात्रीकालिन पर्यटकलाई लक्षित गर्दै तिलोत्तमा नगरपालिकाले यो आयोजना सुरु गर्न लागेको हो ।

कुञ्जपार्क व्यवस्थापन समितिका अध्यक्ष लोक पुनले ‘म्युजिकल वाटर फाउण्टेन’ नेपालमै नयाँ प्रविधिको बन्न लागेको बताए । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक बर्षका लागि १ करोड १ लाख बजेट विनियोजन गरेर ‘म्युजिकल वाटर फाउण्टेन’ बनाउने तयारी गरेको छ । अपुग रकम आगामी आर्थिक बर्षको बजेट बाट व्यवस्थापन गरिनेछ ।
कुञ्जपार्कलाई रात्रिकालिन पार्कको रुपमा विकास गरिदै आएको र थप पार्कलाई आर्कषित बनाउन ‘म्युजिकल वाटर फाउण्टेन’ले ठुलो भूमिका निर्वाह गर्ने उनले बताए ।

पार्क भित्र रहेको पोखरीको बीचमा ‘म्युजिकल वाटर फाउण्टेन’ बनाउन लागिएको हो । ‘यो नौलो हुनेछ । हामी अत्याधिक गर्मी हुने ठाउँमा छौ । रात्रिकालिन पार्क समेत यो भएकाले ‘म्युजिकल वाटर फाउण्टेन’ नेपालमै पहिलो हुनेछ’ अध्यक्ष पुनले भने । ‘म्युजिकल वाटर फाउण्टेन’ तयार भएपछि पार्कलाई राती ११ बजे सम्म सञ्चालन गरिनेछ । जसका कारण आन्तरिक पर्यटन, बाह्य पर्यटनको आर्कषण केन्द्र पार्क बन्ने विश्वास समितिले लिएको छ ।

परापूर्वक कालको पोखरीलाई स्तरउन्नती गरिएकाले ‘म्युजिकल वाटर फाउण्टेन’ राख्दा निश्चित क्षेत्रभित्र पाईपहरु विच्छाईनेछ । बोटहरु सञ्चालनमा समेत सहज हुनेगरी पाईप, पम्पहरु जडान गरेर ‘म्युजिकल वाटर फाउण्टेन’ तयार गरिने अध्यक्ष पुनले जानाकारी दिए ।

तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले कुञ्ज पार्कलाई रात्रिकालिन पर्यटनको हव बनाउने गरी काम भइरहेको बताए । ‘म्युजिकल लाईट सहितको वाटर फाउण्टेन भएकाले रातीमा पर्यटकलाई पार्कमा ल्याईनेछ । त्यो हेर्नका लागि पनि पर्यटक एक दिन भएपनि बस्नुपर्नेछ । यसले पर्यटकको बसाई लम्बिने छ’ उनले भने ।

तिलोत्तमा नगरपालिकाले नगरको गौरवको आयोजनाको रुपमा ‘म्युजिकल वाटर फाउण्टेन’ निर्माण गर्न लागेको भन्दै उनले फाउण्टेन यस क्षेत्रकै नमुना हुने बताए ।

अक्षयधाममा रेजर र थ्री डी रहेपनि पार्कमा निर्माण गरिने ‘म्युजिकल वाटर फाउण्टेन’मा रेजर लाईट र थ्री डी नहुने बताए । ‘हाम्रो नर्मल फाउण्टेन हो । तर त्यसलाई पम्पको माध्यमबाट म्युजिक अनुसार पानी र लाईट मिश्रित फोहोरा देखाउने छौ’ उनले भने ।

उनले लुम्बिनीमा आउने पर्यटकलाई ‘म्युजिकल वाटर फाउण्टेन’ देखाउनकै लागि कुञ्जपार्क सम्म ल्याउन सकेमा पनि सिंगो नगरपालिकाले पर्यटकबाट लाभ लिन सक्ने बताए ।

‘कुञ्जपार्कलाई रात्रिकालिन पार्क बनाउने गरी अहिले काम भइरहेको छ । रातीमा के देखाउने पर्यटकलाई ? त्यसैलाई मध्यनजर गरेरै हामीले अरु पुर्वधार पनि थप गर्ने योजनामा छौ’ उनले भने ।

तिलोत्तमा नगरपालिका बरिष्ठ ईन्जिनियर प्रदीप वनले म्युजिक संगै रंग परिर्वतन हुने नयाँ फाउण्टेन निर्माण गर्न लागिएको बताए । ‘पोखरीको उत्तरपट्टीको भागमा माउण्टेन बनाईनेछ । त्यसलाई सफा पानी आवश्यक पर्ने भएकाले फाउण्टेन जडान स्थानको तल ढलान गरिनेछ । यसो हुँदा पानी फोहोर हुन पाउँदैन’ उनले भने ।

उनले रंग र पानी म्युजिकको तालमा चल्ने भएकाले पर्यटकको आर्कषण बढ्ने बताए । नगरपालिकाले १ करोड १ लाख बजेट छुटाएपनि लागत अनुमान १ लाख ६७ भएकाले बहुबर्से योजनामा राखेर काम हुने उनको भनाई छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले फाउण्टेन तयार भए पश्चात तिलोत्तमा नगरभित्र पर्यटकिय गन्तव्यको नयाँ उचाई थपिने बताए । ‘हामीले प्राकृतिक सुन्दरतालाई खलल नपुराउने गरी काम गरिरहेका छौ । यसले पर्यटन प्रबद्र्धन मात्र हुँदैन । नगरपालिकाले यसबाट आम्दानी समेत गर्नेछ’ उनले भने ।

खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेको झरना स्पोर्टस क्लव र त्यस क्षेत्रका स्थानियहरुले यो पार्कको ब्यवस्थापन र संरक्षणमा लागेको छन । ‘स्थानीय स्तरमा खेलकूदसँगै रमणीय र पर्यटकीय स्थलको स्थापना गरी पर्यटनमा टेवा पुुर्याउन क्लबले पहल गरेको हो।’ क्लबका अध्यक्ष लोक पुनले भने ।

पर्यटकको आर्कषणको केन्द्र बन्दै पार्क
अहिले पनि कुञ्जपार्कमा आन्तरिक एवं बाह्य पर्यटकहरु दैनिक ३ सय बढि पुग्ने गरेका छन् । यो
पार्कमा घुम्न र यहाँको शान्त मनोरम वातावरणमा अनन्द लिन पर्यटकको घुईचो नै लाग्ने गरेको छ ।

विसं २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सयरका लागि पाँच वटा डुङ्गा सञ्चालनमा छन । पार्कभित्र ६ वटा पिकनिक सेडहरु निर्माण गरिएका छन ।
पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणको कारण त्यहाँ पुग्नेहरुको भीड हुने गर्दछ ।

पार्क करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।

चाइनिज गुलाफ, पिटोनिया, डालिया, पाउलानिया, गुल्मोहर, चेरी, क्रिसमस ट्रि, ब्याम्बो आदि प्रजातिका बिरुवाले पार्क हरियाली र हराभरा बनेको छ । पोखरीको चारैतिर राखिएका विद्युतीय बल्बको कलर लाइटिङले सांझपख पार्कको सुन्दरतालाई झनै बढाएको छ । आँप, लिची, कटहर र रक्तचन्दनका रुख पनि पार्कभित्र छन ।

शताब्दी अगाडि तराईवासीहरुको बासस्थान रहेको सो ठाउँमा थारु समुदायकी महिला कुञ्जलीले तलाउ खनेको कथन छ । पहिले झाडी भएको ठाउँलाई विस्तारै सफा गर्दै ६ वर्षदेखि कुञ्जपार्कका रुपमा व्यवस्थापन हुँदै आएको छ ।

पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर यसको विस्तार गर्ने योजना रहेको समितिको छ । ‘रमाईलो उद्यान, हिड्ने ट्रायाक, ग्रिनेरी सहितका संरचना त्यहाँ बन्नेछन्’ अध्यक्ष पुनले भने । उनले पार्कमा व्यवस्थापनमा कंत्रिट संरचनालाई प्राथमिकतामा नराखेको समेत बताए ।

पार्कमा अवलोकनका लागि अहिले प्रतिव्यक्ति ३० रुपैयाँ लाग्छ । पार्कबाट बार्षिक ४० लाख बढि आम्दानी हुने गरेको छ । तराई क्षेत्रको लोपोन्मुख काठको लडिया पनि पार्कमा राखिएको छ । पार्कभित्रै चारसय वर्ष पुरानो दावी गरिएको कर्माको रुख, थारु समुदायले देवताका रुपमा मान्ने सोमै माई थान (मन्दिर) र हिन्दु धर्मावलम्वीको दुर्गा मन्दिर पनि छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित