तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशको बेरुजु साढे चार अर्ब बढी

लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम साढे चार अर्बभन्दा माथि देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम बढेको बढ्यै छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेशेको बेरुजु रकम ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार छ । यो बेरुजु रकम आर्थिक वर्ष २०८०–०८१ को हो ।

महालेखाले बुधबार मात्रै राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा प्रदेशहरुको बेरुजु रकम उल्लेख छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार लुम्बिनी सरकारको बेरुजु रकमको दर पतिशतका आधारमा गत वर्षभन्दा केही घटेको देखिएको छ । तर रकम भने बढेको महालेखाले जनाएको छ ।

प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम अभिल्लो आर्थिक वर्ष भन्दा ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७९–०८० मा बेरुजु रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार थियो ।

प्रतिशतको आधारमा भने लुम्बिनी प्रदेशको बेरुजु दर घटेको देखिन्छ । आर्थिक वर्ष २०८०–८१ मा बेरुजु दर १.१३ प्रतिशत छ । यसअघिको प्रतिवेदनमा यो दर १.६० प्रतिशत थियो । बेरुजु देखिनु भनेको सरकारले अपारदर्शी रुपमा खर्च गरेको भन्ने बुझिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित