युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ?

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राजतन्त्रको विषयमा सामाजिक सञ्जालमा लेखेको विषय अहिले चर्चामा छ ।

वैशाख ५ गते बिहान उनले लेखेको फेसबुक स्टाटसलाई विभिन्न मिडियाले समाचारमा स्थान दिए । उनी राजतन्त्रको पक्षमा उभिएको भन्दै समाचार प्रकाशन भएपछि पाठकले अर्को स्टाटस लेखेका छन् ।

२०८२ वैशाख ५ गते पोस्ट गरेको स्टाटसका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले आइतबार फेरि अर्को स्टाटस लेखेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जलेश्वर बैठकले बहुदलवादमा आधारित सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको राजनीतिक प्रतिवेदन स्वीकृत गरेको स्मरण गराउँदै उनले रास्वपा संवैधानिक समाजवादमा विश्वास राख्ने प्रस्ट पारेका छन् ।

‘संविधान परिवर्तनशील दस्तावेज हो । देश र जनताको सर्वोत्तम हितका लागि संविधानमा समयानुकूल परिमार्जन गर्दै संविधानको अक्षरसः पालना नै संवैधानिक समाजवाद हो,’ उनले लेखेका छन्, ‘पार्टीको विधानको अनुसरण र पार्टीको नीति स्थापित गराउने जिम्मेवारी लिएको म एक जिम्मेवार कार्यकर्ताको हैसियतले पार्टीले लिएको नीति र विधिविरुद्ध फरक कित्तामा उभिने कुरै हुँदैन ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित