तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति

संघीय संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योगको, बाणिज्यको अवस्था तथा मूल्य बृद्धिको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । बिहीबार बुटवलमा उद्योगी ब्यबसायीसँग छलफल गरेको छ ।

समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेन्ट तथा डण्डीमा अस्वभाविक रुपमा मूल्य बृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्यन गरी सरकारलाई यथार्थ जानकारी गराउने बताए । पाँच दिने स्थलगत अध्यनका लागि ५ जना सांसद र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्यनका लागि यहाँ आएको हो ।

टोलीमा समितिका सदस्य एवं सांसद रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, हेमराज राई, रणेन्द्र बराली, रेखा यादाव, रुकमणि राना, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन छन् ।

समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, बिषेश आर्थिक क्षेत्र, सिमेन्ट तथा डण्डी उद्योगहरुको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । स्थलगत अनुगमन एवं सरोकारवालाहरुसँग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपायसहित सरकारलाई आफ्नो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिए ।

यसैबिच सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँनले बिहीबार समितिसँग भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्य बृद्धिका कारण उपभोत्तामा परेको असरबारे जानकारी गराएका छन् । उनले पछिल्लो समय अस्वभाविक रुपमा भैरहेको मूल्य बृद्धिले उपभोत्ताहरु मरमा परेको उल्लेख गर्दै मुल्यबृद्धि नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चाल्नु पर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित