कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरू

बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।

बावुल दर्शन मालिका जेभी भैरहवाका को-ओनर टउफिक रहमान खानले दिउँसो र राती गरि सडक निर्माणको काम दुई सिफ्टमा गर्ने बताए । छठ पर्वपछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्नेछौं’, उनले भने,‘आजदेखि हामीले इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु गरेका छौँ ।

सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने उनले बताए । सडक निर्माण गर्दा धुलो हुने भएकाले धुलो उड्न नदिनका लागि पानी राख्ने खानले बताए ।

कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्नेगरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।

ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताए । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको लम्सालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित