तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

बुटवल । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ ।

पुरानो ठेकेदार कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारलाई जिम्मेवारी दिएको हो । डिभिजन सडक कार्यालय बुटवलका अनुसार बावुल दर्शन मालिका जेभीले निर्माणको जिम्मेवारी पाइसकेको छ ।

सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्राका अनुसार बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३।२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का लागेको हो ।

यसअघिको कम्पनीसँग २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ०७३ चैत १७ मा ठेक्का सम्झौता भएको थियो । तर, सात वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । अहिले एक वर्षमा काम सक्ने गरी ठेक्का लगाएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।

उनले भने, बुटवलको सडक हामीले ठेक्का तोडेपछि नयाँ ठेकेदारले पनि उस्तै ढिलाइ गरे भने त्यसको कुनै अर्थ रहन्न । त्यस कारणले समयमा सक्ने गरी सम्झौता गर्ने हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित